२४ कात्तिकमा काठमाडौको सकस देखाउने चलचित्र ‘सकस’

काठमाडौं –२४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र हो ‘सकस’। निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी गरायो । चलचित्र एन.बि महर्जनले निर्देशन गरेका हुन् ।

कार्यक्रममा निर्देशक एन.वि महर्जनले दुई बर्षपछि आफ्नो निर्देशन रहेको चलचित्र रिलिज हुन लागेको बताए । निर्देशक महर्जनले चलचित्र उत्कृष्ट बनाउन आफुले गर्नुपर्ने केही कसुर नछाडेको सुनाए ।त्यस्तै निर्माता समेत रहेका अभिनेता सुन्दर श्रेष्ठले चलचित्र दर्शकको रोजाइ अनुसार निर्माण गरिएको बताए । श्रेष्ठले चलचित्रले मनोरञ्जन र सन्देश दुबै बाँड्ने सुनाए ।
अर्का निर्माता अक्कल सिंहले चलचित्र उत्कृष्ट बनाउन आफुले खर्चमा कुनै कन्चुस्याइ नगरेको बताए । सिंहले चलचित्रको कथा नै राम्रो भएको दाबी गर्दै गुन्डागर्दीको कथामा बनेको ‘सकस’ हेर्न लायक भएको दाबी गरे । Read More

Spread the love