हेर्नुस पोस्टरमा यस्तो छ सकस !
कार्तिक 24 गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सकस ले पोस्टर सार्वजनीक गरेको छ । पोस्टरमा यस चलचित्रका मुख्य अभिनेता सुन्दर श्रेष्ठ,विल्सन विक्रम राई र अभिनेत्री महिमा सिलवाल र सुष्मा कार्कीलाई देखाईएको छ । सार्वजनीक गरीएको पोस्टरले चलचित्र एक्सन प्रधान रहेको झल्को दिएको छ ।
दोभान फिलिम्सको ब्यानरमा अक्कल शिंह प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई द्धन्द निर्देशनमा राम्रो स्थान बनाएका एन.वि मर्हजनले निर्देशन गरेका छन्, भने यस चलचित्रमा द्धन्द निर्देशनको काम हिमाल केसीले गरेका छन् ।
मौनता श्रेष्ठको लेखन रहेको यस चलचित्रमा चेतन सापकोटाको संगीत, कमल राई,समिर मिँयाको कोरीयोग्राफी,कृष्ण श्रेष्ठको छायाँकन रहेको छ भने सुवास चन्द्र भट्टराई र खगेन्द्र डाँगी सह निर्माता रहेका छन् ।
सकस मा सुन्दर,महिमा र विल्सनको अलावा सुष्मा कार्की,स्याम राई,रविन्द्र खड्का लगायत कलाकारले अभिनय गरेका छन् Read more