हमालद्वारा वैशाखी वितरण
नयाँ वर्ष २०७४ को अवसरमा नायक राजेश हमालले अपांगता भएका व्यक्तिलाई ह्विलचियर, सेतो छडी र वैशाखी वितरण गरेका छन्। गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित मुख्य सडकमै युवा अपांग संगठन नेपालले आयोजना गरेको कार्यक्रममा नायक हमालले ३५ जनालाई ह्विल चियर, २८ जनालाई वैशाखी र १५ जना दुष्टिविहीनलाई सेतो छडी प्रदान गरेका हुन् । Read more