सकस हाम्रो मात्र होईन, देशकै सकस हो – निर्माता अक्कल शिंह
कार्तिक २४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र सकस ले आज पत्रकार भेटघाट गरी चलचित्रको विषयमा जानकारी गराएको छ । द्धन्द निर्देशनमा ख्याती कमाएका निदेर्शक एन. वि. मर्हजनले निर्देशन गरेको यो चलचित्र एक्सन प्रदान रहेको मर्हजनले बताएका छन् । एक्सन रुचाउने दर्शकको लागी सकस राम्रो खुराख बन्न सक्ने पनि उनले दाबी गरेका छन् । त्यस्तै यस चलचित्रका प्रस्तुतकर्ता अक्कल शिंहले भने चलचित्र सकस शिंगो देशकै सकस भएको बताएका छन् । उनले अगाडी थपे सकसमा हामीले हाम्रो समाज भित्र भएका बिकृती र बिसंगतीहरुलाई स्पस्ट रुपमा देखाएका छौं, देश चलाउने प्रहरी प्रशासन, राजतीज्ञ र गुण्डा, माफीयाहरुको कसरी कुन स्तरमा साँठगाँठ हुन्छ भन्ने प्रस्ट पार्न खोजेको बताएका छन् । Read more