‘सकस’को शिर्ष गीत रिलीज (भिडियो)
काठमाण्डौ। नेपाली चलचित्र ‘सकस’को शिर्ष गीत रिलीज भएको छ । गीतमा चलचित्रका मुख्य अभिनेता अभिनेता सुन्दर श्रेष्ठ लगायत अन्य फिचरिङ छन् ।
चेतन सापकोटाको शब्द-संगीत समावेश गीतमा उनकै स्वर रहेको छ । सुन्दर श्रेष्ठको निर्माणमा बनेको चलचित्रले काठमाडौँमा गुण्डाहरुको राज कसरि चल्छ, कसरि गुण्डा बन्छ ? भन्ने बिषयलाई जोडेको बताईएको छ । मौनता श्रेष्ठको लेखनमा बनेको यस चलचित्रमा सुन्दर श्रेष्ठ, प्रज्वल गिरि, सुष्मा कार्की, महिमा सिलवाल, विल्सन विक्रम राई, रविन्द्र खडका, श्याम राई लगायत अन्य कलाकारको मुख्य अभिनय छ । Read more