४ ओटा एकै पटक जुध्नाले सबैलाई सकस भएको छ – अक्कल शिंह
गत सुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र सकस ले सिंगल थिएरटरमा आषा जनक नै ब्यापार गरेको बताईएको छ । निर्माण पक्षका अनुसार सत्य घटनामा आधारीत यस चलचित्रलाई दर्शकको राम्रै साथ मिलेको छ । एकै पटक ४ ओटा चलचित्र प्रर्दशन भए पछि हामी ४ ओटै चलचित्रका निर्माताहरुलाई सकस त पक्कै पनि भएको छ, तथापी मेरो चलचित्र सकस प्रति दर्शकले देखाएको चासोले मलाई खुसी नै बनाएको छ, प्रस्तुतकर्ता अक्कल शिंहले नेप्लीउड सँगको कुराकानीमा भने । हिंजो शनिबार राजधानीको विश्व ज्योती हलमा दर्शकहरुको राम्रै उपस्थिति रहेको देखीन्थ्यो । त्यसै गरी निर्माता तथा अभिनेता सुन्दर श्रेष्ठले पनि आफुले यो चलचित्रबाट गरेको आषा पुरा भएको बताए । उनको भनाई पनि एकै पटक ४ ओटा चलचित्र नजुधेको भए राम्रो हुने थियो, तर पनि जे भयो राम्रै भयो, सकसको ब्यावसायबाट आफु उत्साहीत नै भएको र आफु यो चलचित्रबाट आर्थीक रुपमा पनि फाईदामै रहेको बताए, उनले थपे, हामीले बिदेशमा चलायर लगानी सुरक्षीत गरेका छौं ।
द्धन्द निर्देशक एन.बि मर्हजनले निर्देशन गरेको यस चलचित्र लेखन मौनता श्रेष्ठले गरेका छन् भने कृष्ठ श्रेष्ठको छायांकन,हिमाल केसी को द्धन्द,चेतन सापकोटाको संगीत र गौतम राज खड्काको सम्पादन रहेको छ । चलचित्रमा सुन्दर श्रेष्ठ,महिमा सिलवाल,सुस्मा कार्की,विल्सन बिक्रम राई,प्रज्वल गिरि,विरेन्द्र शिंह,रबिन्द्र खड्का आदि कलाकारले अभिनय गरेका छन् ।
हेर्नुस हिंजो शनिबार विश्व ज्योती हलमा कसक प्रति दर्शकले दिएको प्रतिकृया जस्ताको तेस्तै । Read More