“सकस” गीतमा काठमाडौंमा हुने अपराधिक घट्ना –(हेर्नुहोस् भिडियो)
चलचित्र “सकस”को शिर्ष गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रमा समावेश “सकस” बोलको शिर्ष गीत सार्वजनिक गरेको हो । गीतको भिडियोले काठमाडौंमा हुने अपराधिक घट्नालाई देखाउन खोजेको छ । गीतमा चेतन सापकोटाको स्वर र संगीत रहेको छ ।दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको “सकस”का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । चलचित्रमा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । यो चलचित्रलाई द्वन्द्व निर्देशक एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रको कथा मौनत श्रेष्ठको हो । यो चलचित्रको कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।